नेपालमा क्षमता भएका युवाको कमी छैन: ओली

तुलसीपुर,१० जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा क्षमता भएका युवाको कमी नभएको बताउनुभएको छ । आज राजधानीमा भएको एक कार्यक्रममा उहाँले नेपालीले अवसर नपाएर क्षमता प्रदर्शन गर्न नसकेको मात्र भएको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले अब देशमा रहेका क्षमताको सही पहिचान र सदुपयोग हुने बताउनुभयो ।

युवा क्रिकेटर सन्दीप लामिछानेको उदाहरण दिँदै ओलीले क्षमताको सही पहिचान भए नेपालीले विश्वमा नाम चम्काउन सक्ने बताउनुभयो । ओलीले बालबालिकालाई क्षमता र रुचीअनुसारको शिक्षा दिनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले कुनै विद्यार्थीलाई पनि असक्षम भनेर ट्याग लगाउने नहुने बताउनुभयो ।

नेपालमा पछिल्लो समय अनुतिर्णको व्यवस्थालाई हटाएकोमा उहाँले खुसी प्रकट गर्नुभएको थियो । ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको खाका तयार पारिरहेको र अब प्रमाणपत्र देखाएर जागिर खोज्दै भौतारिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७५ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया