देश चिनाउन खेलको महत्वपुर्ण भुमिका: केसी

बसन्त परियार,तुलसीपुर १० जेठ ।
तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा विद्यालय स्तरीय फुटवल प्रतियोगिता आज देखि सुरु भएको छ । वडा अध्यक्ष चित्र बहादुर वलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र बहादुर केसीको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको हो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि केसीले तुलसीपुर लाई स्पोर्ट सिटिका रुपमा विकास गर्नका लागि उपमहानगर लागि परेको बताएका थिए । देश लाई चिनाउनको लागि खेलको महत्वपुर्ण भुमिका रहने भन्दै खेल क्षेत्रको विकासमा आफुहरु प्रतिबद्ध रहेको उनले बताएका थिए । विद्यार्थिहरुको गहना नै अनुशासन भएकोले खेलकुदमा अझै अनुसासित भएर खेल्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै अमर मावि उरहरीका प्रधानाध्यापक पदम प्रसाद न्यौपानेले श्वास्थ्यको लागि पनि खेल अपरीहार्य भएको बताएका थिए । वालवालिकामा खेलको विकास गर्न यस्ता प्रतियोगिता सञ्चालन गरिनुपर्ने उनले बताएका थिए । प्रतियोगिता बारे प्रकाश पार्दै वडा सदस्य सुवास डाँगीले प्रथम,द्धितिय र तृतिय हुनेलाई शिल्ड,ट्रफि र प्रमाण पत्रको ब्यवस्था गरिएको उनले जानकारी दिए ।

विद्यार्थिहरुमा खेलकुदको विकास गर्नका लागि यस्ता प्रतियोगितालाई निरन्तरता दिने बताएका थिए । वडा सदस्य निर्मा चौधरीले धन्यवाद ज्ञापन गरेको उद्घाटन कार्यक्रमको सहजिकरण वडा कार्यालयकि कर्मचारी लक्ष्मी चौधरीले गरेकि थिईन । साविक उरहरी गाविसका ५ वटा विद्यालय सहभागि भएको उद्घाटन खेलमा दगिशरण बोर्डिङ स्कुलले चन्द्रोदय वोर्डिङ स्कुललाई टाईव्रेकरमा हराएको थियो ।

अर्को खेलमा अमर मावि उरहरीलाई टाईव्रेकरमै दिव्यज्योति बोर्डिङ स्कुलले हराएको छ । प्रतियोगितमा राजन सेन ठकुरी,शरद बुढाथोकि र महेश शाहले अम्पाएरको भुमिका निर्वाह गरेका छन ।

प्रकाशित मिति : २०७५ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया