चालक बन्दी गृह भवन निर्माण कार्य ७५ प्रतिशत पुरा

लक्ष्मण विश्वकर्मा ,तुलसीपुर ,१० जेठ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरको हाताभित्र निर्माण हुन लागेको चालक बन्दी गृह भवनको निर्माण कार्य ७५ प्रतिशत पुरा भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर उपमहानगर कमिटिले उक्त भवन निर्माण गर्न लागेको हो । भवीतवीमा आईपर्ने सवारी दुर्घटना हुदा चालकहरुलाई थुनामा राख्नुपर्ने भएकाले उनीहरुलाई छुट्टै थुनुवा भवन निर्माण गर्न लागीएको निर्माण समितिका अध्यक्ष तथा कमिटिका अध्यक्ष केशव बहादुर भण्डारीले बताएका छन् ।

अध्यक्ष भण्डारीले कुनैपनि घटना बाजा बजाएर नआउने भन्दै भवीतवीमा आईपर्ने दुर्घटनामा सवारी चालकलाई अन्य विभिन्न प्रकृतिका कैदीबन्दी संग राख्न नमिल्ने भएकाले उनीहरुलाई छुट्टै राख्नका लागी भवनको आबश्यक रहेको उनले बताएका छन् । साथै उक्त भवनमा कुनै राजनितिक आन्दोलनका समयमा राजनितिक दलहरुलाई पनि सोहि भवनमा राख्न सकिने उनले बताएका छन् । उक्त भवनको गत बैशाख २३ गते संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राईले शिलान्यास गरेका थिए ।

अत्याधुनिक सुविधा सहितको भवन निर्माण हुन लागेको हो । उक्त भवनमा १५ देखी २० जना क्षमताको भएको भवन निर्माणको जिम्मा ठेकेदार बामदेव न्यौपानेलाई दिईएको छ । यस अघि पहिलो पटक २०६८ मा पुर्व धरानमा चालक बन्दीको भवन निर्माण भएपछि यो दोस्रो पटक दाङको तुलसीपुरमा निर्माण हुन लागेको कमिटिका अध्यक्ष भण्डारीले बताएका छन् । उक्त भवन निर्माणका लागी झन्डै १० लाख खर्च हुने अनुमान गरीएको बताउदै अध्यक्ष भण्डारीले अपुग रकम सहयोग संकलन गर्न यातायात मजदुर, संघसंस्था,समाजसेवी र विभिन्न राजनितिक दलहरु संग समन्वय र सहकार्य गर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया