तुलसीपुर , १० जेठ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा घोराही वितरण केन्द्रबाट आउने ३३ केभि प्रशारण लाईन अन्र्तगतको घोराहीमा रहेको मुख्य शव स्टेशनमा रहेको सर्किट ब्रेकर र लाईटिनिङ एरेष्टरमा समस्या भएको भन्दै मर्मत कार्य जारी रहेकाले आज पनि केहि समय विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
मुख्य शव स्टेशनमा खरावी आएपछि मर्मतका लागी नेपालगन्जबाट प्राविधिक टोली दाङ आईपुगेको विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जनाएको छ । जिहो देखी मर्मत कार्य सुरु भएको बताउदै आज पनि जारी रहेको हुदा पश्चिम दाङ सहित सल्यान र रुकुममा केहि समय विद्युत सेवा अवरुद्ध हुन सक्ने कार्यालयले बताएको छ ।
प्रकाशित मिति : २०७५ जेष्ठ १० गते बिहिवार