काठमाडौँ, २० श्रावन । वैदेशिक रोजगारीका लागि विदेश गएका नेपाली युवाहरूले बर्सेनि ज्यान गुमाउने गरेका छन् । वैदेशिक रोजगार बोर्डको आँकडा अनुसार आर्थिक वर्ष २०८०÷८१ मा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका एक हजार ३७८ जनाले ज्यान गुमाएको बोर्डका निर्देशक एवं सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिनुभयो ।
बोर्डका अनुसार नेपालीहरूले मलेसिया, कतार, साउदी, संयुक्त अरब इमिरेट्स युएई, कुवेत, बहराइन, रोमानिया, दक्षिण कोरिया लगायत मुलुकमा विभिन्न कारणले ज्यान गुमाएका छन्। युवाहरूलाई पर्याप्त सीप तथा तालिम नहुनु त्यस्तै, गन्तव्य मुलुकमा सुरक्षाको ग्यारेन्टी बिना काममा लगाइनु लगायत कारण ठूलो संख्यामा नेपालीहरूले ज्यान गुमाउने गरेका छन्।
यसैविच १६ वर्षमा वैदेशिक रोजगारीमा पुगेका १३ हजारभन्दा धेरैको मृत्यु भएको बोर्डले जनाएको छ । बोर्डको तथ्यांकले आर्थिक वर्ष २०६५÷६६ देखि २०८१÷८१ सम्म १३ हजार २७० जनाको मृत्यु भएको देखिएको छ। बोर्डले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारलाई सात लाख रूपैयाँ आर्थिक सहायता दिँदै आएको छ।।