काठमाडौँ, २० श्रावन । नेपालमा १ लाख ३२ हजार परिवार पशुपालनमा आवद्ध भए पनि २० प्रतिशतले मात्र पशु बीमा गरेका छन् । बीमा गरेको बस्तुभाउ मरेमा बीमा कम्पनीले क्षतिपूर्ति दिने गरेको छ । बालीनालीको पनि बीमा गर्न मिल्ने भए पनि बाली बिमाको तुलनामा पशुपन्छी बीमामा किसान आकर्षित भएका छन् । बीमा गरेपछि प्राकृतिक वा मौसमी समस्याका कारण बालीनाली र पशुपालनमा पुग्ने नोक्सानीको क्षतिपूर्ति पाइने भएकाले नोक्सानी कम गर्ने उत्तम उपाय बीमा भए पनि सबै किसान यसमा आवद्ध भएका छैनन् ।
तर पनि विगतको तुलनामा पछिल्लो समय पशु बीमामा किसानको आकर्षण बढ्दै गएको पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो । सरकारले अघिल्लो आर्थिक वर्षमा पशु बीमाका लागि १ अर्ब ४४ करोड रुपैँया छुट्याएकोमा यस वर्ष बढाएर १ अर्ब ६५ करोड पु¥याएको छ । आवश्यक परे अझै बढाउने कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको छ । पशु बीमा बापत तिर्नुपर्ने रकमको ८० प्रतिशत सरकारले तिरिदिने र बाँकी किसानले ब्यहोर्नुपर्ने प्रावधान छ ।।