सामुहीक बलात्कार प्रकरण: तुलसीपुरका अधिकारी र ओलीलाई दश बर्ष कैद सजाय

तुलसीपुर,१० जेठ ।

सामुहीक बलात्कारको आरोपमा तुलसीपुर बाट पक्राउ परेका दुई जनालाई दश बर्षको कैद सजाय तोकिएको छ । तुलसीपुर ६ का दिनेश अधिकारी र २० बर्षिय दिलिप ओलीलाई दश बर्ष कैद सजाय तोकिएको छ ।

म्युजिक भिडियोमा अभिनयको अवसर दिने प्रलोभन देखाएर तुलसीपुरको एक होटलमा बोलाएर सामुहीक बलात्कार गरेको आरोपमा असोज १० गते पक्राउ परेका थिए । उनिहरुलाई दाङ देउखुरी जिल्ला अदालतलेदश/दश बर्षको कैद र ७५ हजार जरीवाना तोकी कारागार चलान गरेको छ ।  आजको युगवोधमा यो समाचार छापिएको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया