करङ्गेकोटवासि खानेपानीको समस्यामा

ओम प्रकाश गुप्ता,दाङ ९ जेठ ।
दाङ देउखुरीको राप्ती गाउँपालिका ५ करङ्गेकोटमा खानेपानीको हाहाकार भएको छ । गाउँमा भएको खानेपानीको मुहान सुके पछि खानपानीको समस्या भएको स्थानीय चित्रबहादुर थापाले बताएका छन् । पानीको मुहान सुके पछि १ घण्टा हिडेर पुनखोला सम्म जानु पर्ने बाध्यता रहेको थापाले बताए । सो गाउँमा १ सय १५ घरपरिवार बस्दै आएका छन् ।

सो गाउँमा मगर समुदायको बस्ती छ । सिसहनियाँ बजार देखि ८ किलोमिटरको दूरीमा रहेकोे गाउँमा खानेपानीको समस्या महिनौ दिन देखि हुँदै आएको छ । तर गाउँपालिका लगायत सम्बन्धित निकायको ध्यान जान सकेको छ ।

जनता आधारभुत विद्यालय करङ्गेकोटमा पनि खानेपानीको विकराल समस्या देखिएको छ । पानीको विकराल समस्या भए पछि शिक्षकहरुले स्वयम् मोटरसाइलबाट पानी ओसारेर विद्यार्थीहरुलाई खुवाउने गरेका छन् ।

फाईल फोटो

प्रकाशित मिति : २०७५ जेष्ठ ९ गते बुधवार
प्रतिक्रिया