तुलसीपुर, जेठ ९ ।
स्मार्ट सिटीको अवधारणाका साथमा अगाडी वढिरहेको तुलसीपुर उपमहानगरपालिकाले प्रविधि मार्फत शैक्षिक वहस गर्ने भएको छ । उपमहानगरका शिक्षा शाखा प्रमुख भाष्कर गौतमका अनुसार शिक्षा सम्वन्धि विभिन्न ऐन, नियमावली र क्षेत्राधिकारका वारेमा अन्तक्र्रिया गरिनेछ ।
उनले देशको परिवर्तित अवस्थामा शिक्षा कार्यालयहरुको अवस्थाका वारेमा पनि छलफल हुने वताए । शिक्षक महासंघका केन्द्रीय अध्यक्ष बाबुराम थापाले स्काईबाट करिब दुई घन्टा जति वहस गर्ने भएका हुन् । उनले शिक्षासँग सम्वन्धित संगठनका विभिन्न व्यक्तिहरुलाई प्रशिक्षण समेत दिनेछन् ।
अध्यक्ष थापासँग इन्टरनेट मार्फत प्रश्नोत्तर समेत गर्न सकिने स्रोत व्यक्ति मुकुन्द रिजालले जानकारी दिएका छन् ।
“शिक्षा कार्यालयका कतिपय क्षेत्राधिकारका वारेमा जानकारी नहुँदा अन्यौलता भएकाले पनि यस्तो कार्यक्रमको आयोजना गर्न थालिएको हा ” रिजालले भने ।
शिक्षक महासंघ तुलसीपुरले आयोजना गरेको कार्यक्रमलाई उपमहानगरपालिकाले सघाउने छ । शिक्षकसंघ सम्वन्धि दाङ्ग जिल्लाका सम्पूर्ण संगठनका शिक्षकहरुलाई उपस्थितिका लागि उपस्थितिका लागि अध्यक्ष ढकवहादुर वलीले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिकाको सभाहलमा शुक्रवार दिउँसो २ वजे कार्यक्रम आयोजना हुनेछ ।