
काठमाडौं, १७ श्रावन । भारतको केरला प्रदेशको वायनाडमा ठूलो वर्षापछि पहिरो जाँदा ज्यान गुमाउनेको सङ्ख्या एक सय ७८ जना पुगेको छ । यस्तै पहिरोमा परी केही व्यक्ति अझै हराइरहेको बीबीसी हिन्दीले जनाएको छ । पहिरोमा परी ज्यान गुमाउनेमा ८१ जना पुरुष, ७१ जना महिला र २६ जना बालबालिका रहेका छन् ।
वायनाडमा पहिरो गएपछि उद्धार टोलीले ८८ वटा राहत शिविर स्थापना गरेर आठ हजार ६ सय जनाभन्दा धेरै व्यक्तिलाई राखेको छ । पहिरोका कारण वायनाडको चूरालमाला, मुन्डाक्कई जस्ता क्षेत्र धेरै प्रभावित भएका खबरमा उल्लेख छ ।।
प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार