बिरामीलाई १० गुणा बढी किमो दिएपछि मृत्यु, दुई नर्स निलम्बित

चितवन, १७ श्रावन ।  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको मृत्यु प्रकरणमा दुई जना नर्स निलम्बनमा परेका छन् ।क्यान्सरका बिरामीलाई आवश्यकभन्दा धेरै मात्रामा किमो दिएपछि मृत्यु भएको थियो । नर्सहरू प्रभा तामाङ र आकृति श्रेष्ठलाई निलम्बन गरिएको अस्पतालले जनाएको छ । यस्तै दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण मागेर सचेत गराइएको अस्पतालले जनाएको छ ।

अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा १० गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो । तीन दशमलव चार मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार
प्रतिक्रिया