एमाले सचिवालय बैठक बस्दै

काठमाण्डौं, १७ श्रावन ।  नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । आज बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ ।

बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो ।।

प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार
प्रतिक्रिया