तुलसीपुर उपमहानगरको बजेट खर्च ७८ प्रतिशत, सामाजिक विकासमा धेरै खर्च

तुलसीपुर, १४ श्रावन ।  दाङको तुलसीपुर उप–महानगरपालिकाले गत आर्थीक बर्षमा ७८ प्रतिशत बजेट खर्च गरेको छ । नगरपालिकाको गत आर्थीक बर्ष २०८०/०८१ को कुल बार्षीक बजेट १ अर्ब ९१ करोड ४ लाख ५७ हजार ७ सय ५० रुपैयाँ रहेकोमा असारमसान्तसम्म जम्मा १ अर्ब ५० करोड ३१ लख ३३ हजार ५ सय ५१ रुपैयाँ अर्थात ७८.६८ प्रतिशत बजेट खर्च भएको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार चालुतर्फ १ अर्ब २३ करोड २५ लाख ८३ हजार ६ सय ८५ रुपैयाँ रहेकोमा १ अर्ब ४ करोड ९१ लाख ३२ हजार ८ सय ९० रुपैयाँ अर्थात ८५.१२ प्रतिशत बजेट खर्च भएको छ । यस्तै पुजीगततर्फ ६७ करोड ७८ लाख ७४ हजार ६५ रुपैयाँ रहेकोमा जम्मा ४५ करोड ४० लाख ६ सय ६० रुपैयाँ अर्थात ६६.९७ प्रतिशत बजेट खर्च भएको छ । सूचना अधिकारी न्यौपानेले दिएको तथ्यांक हेर्दा विषयगत क्षेत्रअनुसार नगरपालिकाको सबैभन्दा धेरै बजेट सामाजिक विकासमा खर्च भएको पाइएको छ ।

सामाजिक विकासमा ७६ करोड १० लाख ७२ हजार ४ सय ३२ रुपैयाँ बजेट रहेकोमा ६७ करोड ९८ लाख ८३ हजार ८ सय ७९ रुपैयाँ अर्थात ८९.३३ प्रतिशत बजेट खर्च भएको छ । यस्तै सबैभन्दा कम बजेट आर्थीक विकासमा खर्च भएको छ । आर्थीक विकासतर्फ ८ करोड ५९ लाख ४४ हजार ९६ रुपैयाँ बजेट रहेकोमा जम्मा ३ करोड ८४ लाख ३४ हजार ३ सय २८ रुपैयाँ अर्थात ४४.७२ प्रतिशत बजेट खर्च भएको छ । यसैगरी पुर्वाधार विकासतर्फ ५७ करोड ५९ लाख ६७ हजार ३ सय १२ रुपैयाँ बजेट रहेकोमा ३६ करोड ४४ लाख ८१ हजार २ सय ९६ रुपैयाँ अर्थात ६३.२८ प्रतिशत खर्च भएको छ भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ २ करोड १० लाख ३७ हजार ९ सय ४४ रुपैयाँ रहेकोमा १ करोड ६३ लाख ८२ हजार ६ सय ९२ रुपैयाँ अर्थात ७७.८७ प्रतिशत बजेट खर्च भएको छ । यसैगरी कार्यालय संचालन तथा प्रशासनिकतर्फ ४६ करोड ६४ लाख ३५ हजार ८ सय ६६ रुपैयाँ रहेकोमा ४० करोड ३९ लाख ५१ हजार ५ सय ५४ रुपैयाँ अर्थात ८६.६ प्रतिशत बजेट खर्च भएको सूचना अधिकारी  न्यौपानेले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०८१ साउन १५ गते मङ्गलवार
प्रतिक्रिया