लागु पदार्थ दुव्र्यशनि रोक्न एक महिने अभियान

तुलसीपुर,८ जेठ ।

तुलसीपुरमा लागू पदार्थ दुब्र्यसनि न्यूनीकरण सम्बन्धि एक महिने सचेतना अभियान आज बाट सुरु भएको छ । उप महानगरपालिकाको आयोजना तथा जिल्ला युवा समितिको कार्यालय दाङ र विभिन्न संघसंस्थाहरुको समन्वयमा कार्यक्रम सुरु भएको हो ।

जिल्ला युवा समिति दाङका अध्यक्ष सुरेश रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा अभियानको उद्घाटन भएको हो । उद्घाटन अवसरमा बाल्दै नगर प्रमुख पाण्डेले समाज समृद्ध बन्नका लागि यस्को न्युकिरण आवस्यक रहेको बताएका छन ।

‘जव समाजका बालबालिका,युवाहरु सक्षम हुदैनन् तव सम्म देश समृद्ध बन्न सक्दैन’ नगर प्रमुख पाण्डेले भने । तुलसीपुरलाई लागु पदार्थ दुब्र्यसनि मुक्त क्षेत्र घोषणा गर्नका लागि यस्ता अभियान सञ्चालन गरेको उनले बताएका छन । यसका साथै आउदा बर्षहरुमा वडाहरु बाट यस्ता कार्यक्रमहरु सञ्चालन हुने उनले जानकारी दिए ।

अभियान मार्फत पाँच हजार युवा विद्यार्थिहरु लाई सचेतना दिईने छ । सो अवसरमा तुलसीपुर ५ का वडाध्यक्ष विरेन्द्र शाह,महिला मानव अधिकार रक्षक सञ्जालकि अध्यक्ष शुस्मा गिरी,पत्रकार शुसिल बस्नेत लगायतले बोलेका थिए । तुलसीपुर उद्योग बाणिज्य संघका महासचिब रुप बहादुर खत्रिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रेस संयोजक बसन्त विवस आचार्यले गरेका थिए ।

वडा नम्बर ५ र ६ का युवा विद्यार्थि सहभागी कार्यक्रमको प्रशिक्षकमा ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटा र बसन्त बहादुर पुन रहेका छन ।

 

 

प्रकाशित मिति : २०७५ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया