नेपालले काभा भलिबलमा प्रतिस्पर्धा गर्ने

काठमाण्डौं, १४ श्रावन ।  नेपाली महिला र पुरुष टोलीले भुटानमा हुने काभा बिच भलिबल प्रतियोगितामा भाग लिने भएका छन् । प्रतियोगिता भुटानको थिम्पुमा रहेको चाङ्लिमिथाङ नेसनल स्टेडियममा यही साउन १७ गतेदेखि १९ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपालको महिला जोडीमा कमला पुन र मनीषा चौधरी तथा पुरुष जोडीमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुुनारको जोडीले चुनौती प्रस्तुत गर्ने छन् ।

दुबै टोलीलाई रूपेश बिष्टले प्रशिक्षण दिनेछन् । थिम्पुमा हुने बिच भलिबलमा पुरुषमा १० टोली र महिलामा ७ टोलीले प्रतिस्पर्धा गर्ने भलिबल सङ्घले जनाएको छ । महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल बाहेक सबै राष्ट्रबाट दुई टोलीले खेल्नेछन् ।।

प्रकाशित मिति : २०८१ साउन १४ गते सोमवार
प्रतिक्रिया