सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावक आकर्षण गरौँ

दाङ   १३ साउन ।  तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावक आकर्षण बढाउनुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसीपुर नगर अधिवेशनको उद्घाटन गर्दै नगरप्रमुख खड्काले तुलसीपुर उपमहानगरपालिकाभित्र शैक्षिक नतिजा सुधार भएपनि सन्तोषजनक नभएकाले शिक्षकहरु अझ बढी जिम्मेवारी हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले शिक्षकको नेतृत्व समक्ष भए विद्यालयको सम्पूर्ण अवस्थामा उल्लेखनीय सुधार भएको बताउनुभयो । उहाँले शिक्षा सुधारका लागि नगर सरकार पर्यत्नशील रहेको भन्दै विद्यालयको नेतृत्वमा महिला आए थप पालिकाबाट सहयोग रहने बताउनुभयो । नगरप्रमुख खड्काले शिक्षकले चाहे शिक्षा सुधार टाढाको विषय नभएको भन्दै नगर सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
तुलसीपुर नगर अध्यक्ष होमराज डाँगीको अध्यक्षता एवम नगरप्रमुख टीकराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शिक्षक संगठन लुम्बिनी प्रदेश अध्यक्ष भागवत पौडेल, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुकुम बस्नेत, दाङका उपाध्यक्ष मनोहर बुढाथोकी , शिक्षक संगठन दाङका अध्यक्ष दामोदर बस्नेत, पेशागत महासंघ दाङका उपाध्यक्ष रमा आचार्य, नेकपा एमाले तुलसीपुर नगर कमिटी सचिव रुपबहादुर खत्री लगायतकाले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन नगर सचिव निर्मल वलीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार
प्रतिक्रिया