नाम मात्रको ‘तुलसीपुर डिलक्स’

ओपेन्द्र बस्नेत , तुलसीपुर ८ जेठ ।
वाइफाईको पासवर्ड कति हो ? ‘ए’ को सिट नम्बर ४ मा बसेका बबईगाउँपालिकाको हस्नापुर निवासी खुमबहादुर विकले कन्डक्टरलाई सोधे । उनले तुरुन्तै जवाफ दिइहाले ना७ख४०३९ । अर्का यात्रुले पनि सोधे त्यही जवाफ दिए । यात्रुहरुले हतार–हतारमा वाइफाई जोड्नका लागि मोबाईलमा सिंग्नल हेरे तर कतै भेटेनन् । काम गरेन भनेर चित्त बुझाए ।

दाङको तुलसीपुरबाट आइतबार साँझ सातबजे काठमान्डौका लागि छुटेको ना७ख ४०३९ नम्बरको तुलसीपुर डिलक्स बसको कुरा हो यो । बस अगाडि बढ्यो आत्रुहले सीटमाथि राखिएका पंखा हेर्न थाले तर घुम्दैनन् । सूईच अन–अफ (प्याटप्याट) गराए पंका घुमेन ।

घोराही तुलसीपुर सडकमा विभिन्न ठाउँमा बन्नलागेको सडककारण धुलाम्य सडकको धुलो खाएर भएपनि बसको सिसा खोलेर बाहिरको हावा लिन बाध्य भए यात्रु । वाइफाई र पंखाको सुविधा नपाएपनि यात्रुहरुले चर्को गुनासो गर्न सकेनन् । निरिह जस्तै चुपचाप लागेर सिटमा बसीरहे । अर्को प्रसंग आयो खानाको । खाना पनि समयमा गाडी स्टाफले यात्रुलाई खुवाएनन् ।

यसको पनि विरोध आएन । सडकमा गुडिरहेको बस बुटवल पार गरीसकेपछि घोडा भन्ने स्थानमा एक्कासी रोक्यिो । गाडी सटाफले भने लौ खाना झर्नुस है खानाखाने ठाउँ आयो । यात्रुहरु हातखुट्टा तान्दै जाँगर मानीनमानी बसबाट ओर्ले । त्यतिबेला रातको ११ बजेर ५० मिनेट गएको थियो ।

बसको ‘बि’ को सिट नं. ६ मा बसेका यात्रु सुमन केसीले चालक कृष्ण बुढाथोकीलाई सोधे ‘गुरु विचमा भात खाने ठाउँ हुँदाहुदै किन यति टाढा ल्याउनुभयो ? ’ चालक बुढाथोकीले भने ‘ साले कन्डक्टरले पहिला नै यहाँ अडर गरेछ । मैले त गोरुसिङे सम्म भात खुवाउनु पर्ला भनेको थिए । ’

यात्रुले अर्को प्रश्न गरे वाईफाई पनि चल्दैन, पंखा पनि घुम्दैन किन हो यस्तो ? चालकले फेरी उत्तर दिए ‘व्यालेन्स हिजो सएिको हो । फयुज गएकाले पंखापनि चल्दैनन् बनाउनु पर्ने भएको छ ।’ अधिकांस नेपालीको खानाको समय आठ देखि १० बजेको समय भित्र हो । तर यसको कुनै मतलव नगरी मस्त निन्द्रामा सुतेका यात्रुलाई उठाएर खाना खुवाइयो ।
यो त उदाहरण मात्रै हो । विभिन्न समिति र प्रालिबाट संचालित अधिकांस बसहरुको अबस्था यस्तै छ । नियमन गर्ने निकायको लाचारीपनका कारण यात्रुहरुबाट सेवा शुल्क लिए पनि कतिपय सवारी धनी र गाडी स्टापले भने अनुसार सुविधा दिएका छैनन् । यात्रुहरुलाई भनेअुनसारको सेवासुविधा नदिने र खुलेआम लुट मच्चाउने यातायात व्यवसायीलाई कारबाही गर्नु पर्ने कतिपय यात्रुहरुको माग छ ।

नयाँ गाडि भित्रयाउदा विभिन्न सेवा भएपनि पुरानो हुँदै जाँदा मर्मत सम्भारमा नगर्दा यात्रुले दुःख पाउने गरेको चालक मंगलसिङ रोकाले बताए । यता तुलसीपुर जीप तथा माइक्रो मिनीबस, व्यवसायी समितिका अध्यक्ष पवनराज बुढाथोकीले भने ‘यात्रुको गुनासो आएमा बसको नम्बर क्यान्सील गर्ने देखि आर्थिक जरीवाना पनि गछौ ।’
यात्रुलाई आठ बजेदेखि साढे नौबजे सम्म बाटोमा खाना खुवाउन निर्देशन दिएको भन्दै अध्यक्ष बुढाथोकीले यदि त्यसो नगरेको पाईमा चालकलाई जरीवाना गर्ने बताए ।

समितिले वाइफाई नचलाएमा पहिलो पटक बसको नम्बर क्यान्सील र खाना समयमा नखुवाएमा पन्ध्र सय रुपैयाँ जरीवाना गर्ने नियम बनाएको छ ।

‘चालकको काठमान्डौ सम्म बस लगेको भत्ता पैतिस सय हो,’ अध्यक्ष बुढाथोकीले भने, ‘होटेल वालाको आर्थिक प्रलोभनमा नपरी यात्रुलाई समयमै खाना खुवाउलान भनेर पाँच हजार भत्ता बनाईयो तै पनि यस्तो गुनासो आउँछ ।’
व्यवसायीले नीति नियम नै पालना नगरेपछि आक्रोसित बनेको समितिले यात्रुको गुनासोलाई सम्बोधन गर्न कडाईका साथ निगरानी गर्ने भएको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया