ओपेन्द्र बस्नेत , तुलसीपुर ८ जेठ ।
एक जना युवक सरासर आएर भने ‘सर इकोन छ ?’ मेडिकल संचालकले छ, कति चाहियो ? प्रति प्रश्न गरे । उनले भने दुई वटा । गोजीबाट पैसा झिके प्रतिगोटा ८० रुपैयाँका दरले एक सय ६० रुपैयाँ तिरे र लगेर गए । यो उदाहरणमात्र हो । दाङमा यसको विक्रि अत्यधिक मात्रामा बढेको नीजि मेडिकल संचालकहरुले बताएका छन् । कम (न्युन) भनेको दैनिक करिब १२÷१५ वटासम्म विक्रिी हुने गरेको छ ।
अनपेक्षित तथा आकस्मिक गर्भ रोक्ने इकोन, आइपिल, जस्ता ७२ घण्टे गर्भ निरोधक चक्कीको प्रयोग पछिल्लो समय दाङमा ह्वातै बढेको पाइएको हो । यो औषधी १५ बर्ष देखि ४० बर्ष उमेर समहूकाले लग्ने गरेको चिरायु मेडिक संचालक हुर्मत केसीले बताए । उनका अनुसार १५ देखि २५ वर्ष उमेर समूहका युवतीहरुले गर्भनिरोधक चक्कीको प्रयोग बढी मात्रामा गर्ने गरेका छन् ।
चक्कीको बिक्री बढेपछि पसलबाट कन्डम लगाएतका अस्थाई साधनको बिक्रीे समेत घटेको उनको अनुभव छ ।
इकोन किन्नका लागि पुरुष र महिला दबै बराबरको संख्यामा आउने गरेको तुलसीपुर स्थित मनोज स्वास्थ्य किलनीकका रमेश पछलग्या थारुले बताए ।
‘अपर्झट गर्भ रहयो भने, वा श्रीमान विदेशबाट आए भने तत्कालीन अवस्थामा प्रयोग गर्नु पर्ने हो,’ थारुले भने, ‘घरपरिवार भन्दा पनि स्कुले केटाकेटी र श्रीमान बाहिर भएका केहि महिलाले प्रयोग गर्ने गरेकाले यसको दुरुपयोग भएको छ ।’
इकोन प्रयोग प्रति चिकित्सको चिन्ता
यसैविच इकोनको प्रयोग बढ्न थालेपछि चिकित्सकहरुले चिन्ता व्यक्त गर्नथालेका छन् । ‘इकोन असुरिक्षत गर्भ रहेमा ७२ घन्टा भित्र प्रयोग गर्नुपर्छ ,’ राप्ती अंचल अस्पतालका सुपरीटेन्डेन्ट डा. विनोद सिंहले भने, ‘ तर मान्छेहरु जथाभावि रुपमा प्रयोग गर्न थाले ।’
जथाभावि रुपमा यसको प्रयोग गर्दा महिलाहरुको ज्यान जोखिममा पर्ने सम्भावना बढी हुने डा. सिंहले बताए । डा. सिंहले भने ‘ यसको जथाभावि प्रयोगले महिनावारी समयमा नुहुने , रोकिने, बच्चा पाठेघरमा नवसेर (टयुवमा) बाहिरै बस्ने र बल्ड विलिडिङ हुँदा ज्यानै समेत जान सक्ने खतरा हुन्छ ।’ अधिकार छ भन्दैमा मलाग्दी तवरले औषधी प्रयो नगर्न डा. सिंहले प्रयोगकर्तालाई सुझाएका छन् ।
विहे नभएका यवतिले यसको प्रयोग गर्दा भविष्यमा गर्भ नै नबस्ने सम्मको खतारा हुनसक्ने राप्ती अंचल अस्पतालका बरिष्ठ फेम्लीफिजिसीयन डा. सर्वेश शर्माले बतए । क्षेणीकका लालि सहज भए पनि यसले यौन रोगको भयावह खतरा निम्त्याउन सक्ने डा. शर्माको भनाई छ ।
‘चक्कीले गर्भ रहन नदिने मात्र हो,’ उनी भन्छन, ‘कण्डमजस्तो यसले रोग सर्नबाट बचाउने र गर्भ रहन नदिने दुवै काम भने गर्न सक्दैन ।’ यस्ता चक्कीको निरन्तर सेवनले स्वास्थ्यलाई हानी पुग्ने बताउँदै कण्डमकै प्रयोगलाई बढावा दिनु पर्ने डा. शर्माको सल्लाह छ ।