विद्यार्थीलाई आत्मनिर्भर बनाउन मेट्रो मर्मत केन्द्र संचालनमा

तुलसीपुर, ६ श्रावन । विद्यार्थीलाई आत्मनिर्भर बनाउन मेट्रो कलेजका विद्यार्थीले मेट्रो मर्मत केन्द्र संचालनमा ल्याएका छन् । तुलसीपुर उपमहानगरपालिकाद्वारा संचालित कलेजको इन्जिनियरिङ संकायमा अध्यनरत विद्यार्थीले कलेज नजिकमा मर्मत केन्द्र संचालनमा ल्याएका हुन् ।

मर्मत केन्द्रको उद्घाटन तुलसीपुरका नगर प्रमुख एवं कलेज संचालक समितिका अध्यक्ष टीकाराम खड्काले गर्नु भएको छ ।उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले वर्कसपले विद्यार्थीको पढाइ सँगै सीप र आयआर्जनको वृद्वि गर्न टेवा पुर्याउने विश्वास व्यक्त गर्नु भएको छ । कलेजको पढ्दै र कमाउँदै अभियान अन्तर्गत विद्युतीय सामग्री ममर्त केन्द्रको सुरूवात गरिएको कलेजका प्राचार्य बसन्त आचार्यले जानकारी दिनुभयो । उहाँँले विद्यार्थीहरुले पढ्दै गर्दा व्यवसाय सुरु गरेर पछि गएर यस्तै किसिमको व्यवसाय गरेर आयआर्जनसंगै आम्दानी गर्न सक्नेछन् भन्ने उद्देश्य समेत रहेको उहाँले बताउनु भयो ।

ममर्त केन्द्रमा एसी, फ्रिज, पंखा, वासिङ मेसिन, मोटर, पङखा, मोटरसाइकल लगाएतका विद्युतीय सामग्री ममर्त गरिने विद्यार्थी तथा मेकानिकल इन्जिनियर तारा कँवरले जानकारी दिनुभयो । आफ्नो पढाई खर्च आफैँ कमाउने उदेश्यका साथ वर्कसप संचालन गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बोकेर मर्मत केन्द्रसम्म ल्याउन नबन्ने सामान भए घरसम्म पुगेर विग्रेका सामग्री मर्मत गर्ने गरी ४।५ जनाको समुह समेत रहेको छ ।।

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतवार
प्रतिक्रिया