तुलसीपुर,७ जेठ ।
सरकारले यस वर्ष विद्यालय बाहिर रहेकामध्ये ३९ प्रतिशत विद्यार्थी विद्यालयमा भर्ना गरेको छ । वैशाख महिनाभरी सञ्चालित विद्यार्थी भर्ना अभियानमा ८८ हजार ८ सय ८७ विद्यार्थीमध्ये ३४ हजार ३ सय ४४ जना मात्र भर्ना गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले जानकारी दिनुभयो ।
सरकारले विद्यालय जाने उमेर समूहका विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि घरदैलो अभियान सञ्चालन गरेको थियो । अभियानमा कक्षा १ देखि दशसम्म करिब सात लाख २४ हजार विद्यार्थी भर्ना गरिएको उहाँले जानकारी दिनुभयो । सरकारले वर्षेनी भर्ना अभियान सञ्चालन गरे पनि तोकेअनुसारको विद्यार्थी भर्ना गराउन सकेको छैन ।
प्रकाशित मिति : २०७५ जेष्ठ ७ गते सोमवार