सल्यानमा यात्रुबाहक बस दुर्घटना ३५ जना घाईते

तुलसीपुर , ६ जेठ ।

सल्यानमा आईतवार यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परि ३५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । रुकुमको चौरजहारीबाट नेपालगञ्ज तर्फ जाँदै गरेको ना ३ ख ७८७२ नम्बरको बस बनगाड कुपिण्डे नगरपालिका वडा नं. १ अम्रा भन्ने स्थानमा दिउँसो २ वजेतिर दुर्घटना भएको सल्यानका डिएसपी भरतबहादुर बिकले जानकारी दिएका छन् ।

दुर्घटनामा परि १५ जना गम्भिर घाईते भएका छन् भने २० जना सामान्य घाईते भएको प्रहरीले बताएको छ । घाईते हुनेमा सल्यान कुमाख गाउपालिका वडा नं. २ बस्ने ११ बर्षिया जेनिसा रावत , सोहि वडाका २ वर्षिय बालक रितेश चलाउने, वडा नंम्वर ४ वस्ने ५७ बर्षिय सुर्य बहादुर बुढाथोकी, सुर्खेत मेहलकुना बस्ने बस सहचालक २५ वर्षिय प्रेम खत्री, सल्यान कुमाख गाउपालिका वडा नम्वर ३ बस्ने ६० बर्षिय डम्बर विक, २ बस्ने कोईली बस्नेत, ४० बर्षिय अमृत बुढा,४० वर्षिया नोखी राना, १५ वर्षिया कमला बस्नेत र वडा नं. ३ वस्ने ७५ बर्षिया कली बस्नेत रहेको प्रहरीले जनाएको छ ।

उनिहरुलाई कोहलपुर रीफर गरिएको छ । अन्य पाँच जनाको भने नाम र ठेगाना खुल्न नसकेको प्रहरीको भनाई छ । अन्य घाईतेहरुको भने स्थानिय मेडिकल र सुर्खेतको अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीको स्टेरिङ फेल भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरीएको छ । बस चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया