दाङमा एकै दिन दुई वालकले यसरी ज्यान गुमाए

तुलसीपुर,६ जेठ ।
दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा शनिवार ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बेलुका करिव ६ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ गइरहेको लु १ ख ९५०६ नम्बरको ट्रकको ठक्करबाट प्युठान जिल्ला सरुमारानी गाउँपालिका २ दर्भान निवासी हिरा बुढाथोकीका छोरा वर्ष ८ का गौतम बुढाथोकीको मृत्यु भएको हो । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

यस्तै,,, देउखुरीको राप्ती नदीमा शनिवार डुबेर भालुबाङका एक बालकको ज्यान गएको छ । भालुबाङ पुल्चोक बजारका तुलाराम रोकाको छोरा बर्ष ८ का प्रदिप रोकाको राप्ती नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।

प्रकाशित मिति : २०७५ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया