दाङ,५ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको नेतामा प्रधानमन्त्री केपी शर्मा ओली चयन भएका छन् । एमाले र माओवादी केन्द्र मिलेर नेकपा पुनर्गठन गरेपछि आज बसेको संंसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।उपनेता, प्रमुख सचेतक, सचेतक भने चयन हुन बाँकी छ ।
यसअघि एमालेले सुवास नेम्वाङलाई उपनेता बनाएको थियो भने खगराज अधिकारीलाई प्रमुख सतेचक र शान्ता चौधरीलाई सचेतकको जिम्मेवारी दिएको थियो । माओवादी केन्द्रमा प्रचण्ड संसदीय दलको नेता र देव गुरुङ प्रमुख सचेतक थिए ।
प्रकाशित मिति : २०७५ जेष्ठ ५ गते शनिवार