शान्ती सरु, तुलसीपुर,५ जेठ ।
वितेको ३४ महिनामा तुलसीपुर क्षेत्रमा भएको सवारी दुर्घटनामा परि ६५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा परी अन्य १ सय ५८ जना घाईते भएका छन् । जस अन्र्तगत आर्थीक वर्ष २०७२ \०७३ मा २२ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको तथ्याङकले देखाएको छ ।
जसमा १४ जना पुरुष, ६ जना महिला र २ जना बालक रहेका छन् । यस्तै आर्थिक वर्ष ०७३\०७४ मा २१ जनाले ज्यान गुमाएका छन् । जसमा १३ जना पुरुष, ५ जना महिला र ३ जना बालक रहेको कार्यालयका प्रमुख विवेक महराले जानकारी दिएका छन् ।
यस्तैगरी चालु आर्थिक वर्षको बैशाख सम्मको तथ्याङक अनुसार २२ जनाको सवारी दुर्घटनामा परि ज्यान गएको छ । जसमा पुरुष १४ जना, महिला ५ जना र बालक ३ जना रहेका छन् ।कार्यालयले दिएको जानकारी अनुसार झण्डै तिन आर्थिक वर्षमा १ सय ५८ जना घाईते भएका छन् भने २ सय ६७ जना सामान्य घाईते भएका छन् ।
यसरी सवारी दुर्घटना हुनेमाा बस, ट्रक, जिप,कार, मोटरसाईकल, टेक्टर, टेम्पो रहेका छन् । कायाललयका अनुसार आर्थिक बर्ष २०७२ \०७३ मा ४६, २०७३\०७४ मा ९६ र चालु आर्थिक बर्षको बैशाख सम्ममा ८९ वटा सवारी दुर्घटनामा परेका छन् ।
तुलसीपुरमा भएको सवारी दुर्घटनामा परि ६५ जनाले ज्यान गुमाए
प्रकाशित मिति : २०७५ जेष्ठ ५ गते शनिवार
प्रतिक्रिया