तुलसीपुरमा जापानिज खाना बनाउन तर्फ युवाको आकर्षण

दाङ, २६ असार । ‘यदि तपाई फिनल्याण्डमा आउने हो भने सकभर जापानिज, (सुसी) खाना बनाउन सिकेर आउनुस् । यदि त्यो सक्नुहुन्न भने पिजा वा वर्गर बनाउन त अनिर्वाय सिकेर आउनुस् । अनि त्यसपछि काम पनि, पैसा पनि ।’ तुलसीपुर उपमहानरपालिका–९ बेलुवा निवासी धनबहादुर वलीलाई फिनल्याण्ड बस्ने साथीहरुले भिडियो कलमा सल्लाह दिए । श्रीमती टिका बुढाथोकीलाई फिनल्याण्डबाट स्टुडेन्ट भिसा आएपछि कक्षा १२ पास गर्नुभएका धनबहादुर, सहयोगीका रुपमा जाने तयारीमा हुनुहुन्छ ।

सुसी बनाउन जानेको व्यक्तीले फिनल्याण्डमा सजिलैसँग काम पाउनुका साथै यूरोपका देशहरुमा यसको अत्याधिक माग भएपछि साथीहरुले भनेबमोजिम धनबहादुरले सुसी खाना बनाउने ठाउँको खोजी गर्न गुगल सर्च गर्नुभयो । खाना बनाउन सिकाउने ठाउँ दाङको तुलसीपुरमा भेटिएपछि उहाँलाई ढुङ्गा खोज्दा देउता मिले झै लाग्यो । किनकी घरआगनमै सुखोरुखो खाएर सुुुसी परिकार बनाउन सिक्ने अवसर पाएपछि उहाँ अहिले खुसीले दंग पनि हुनुहुन्छ ।

‘‘सबैभन्दा धेरै कमाइ हुने ठाउँ होटेल सेक्टर नै रहेछ । त्यसमा पनि जापानिज खाना बनाउने जनशक्तिको डिमाण्ड धेरै भएको पाइयो । मेरो मिसेसले पढ्छीन मचाँही फुल टाइम काम गर्ने र पैसा कमाउने हो । अर्धदक्ष जनशक्ती विदेशमा जाँदा धेरै दुःख पाएको घटनाहरु मैले सुनेको थिए । त्यसैले कुनै न कुनै सिप सिकेर जान्छु भन्ने सोचले अहिले तुलसीपुर स्थित कुमाख फुड एण्ड क्याफेमा काम सिकिरहेको छु ।’’ धनबहादुरले भन्नुभयो ।

कुमाख कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नीकल साइन्सले संचालन गरेको उक्त क्याफेमा बिहान साढे ९ बजेदेखि करिब साढे १२ बजेसम्म खानाका परिका बनाउन सिकाउने गरिन्छ । जापानीज (सुसी) खानामा फिलादिफिलिया उरामाकी रोल, स्पाइसीस अभोकाडो रोल, साल्मान भनिगिरी, किकोमान सोया सस, जीन्जर फिकल, लगाएतका खाद्य मिसाउने गरिन्छ । सुसी परिकार बनाउन सिक्ने मुख्य उद्देश्य राख्नुभएका धनबहादुरले १५ दिनको अवधिमा चाइनिज, इन्डियन र कन्टीनेन्टल खानाको परिकार समेत बनाउन जानीसकेको बताउनुभयो । यो त उदाहरण मात्रै हो । धनबहादुर जस्तै दर्जनौ युवाहरुको पछिल्लो समय जापानिज खानाको परिकार बनाउने तर्फ आर्कषण बढेको छ । सुसी खानाको परिकार बनाउन सिक्नका लागि १५ दिन समय लाग्छ ।

२०७२ सालबाट तुलसीपुरमा सेवा सुरु गरेको कुमाख कलेजले करिब ३ सय जना विद्यार्थी उत्पादन गरिसकेको जनाएको छ । ‘हामीले करिब ९ वर्षको अवधिमा ३ सय जना विद्यार्थी उत्पादन गरेका छौ । कोही युरोपका विभिन्न देशमा हुनुहुन्छ । कोही काठमाण्डौ, पोखरा, नेपालगञ्ज लगायत देशका ठूलठूला सहरका फाइप स्टार होटेलमा हुनुहुन्छ भने कतिपय यही तुलसीपुरमा पनि हुनुहुन्छ । जे होस यहाँ काम सिकेर घरमा बस्नु परेको छैन ।’ कुमाख कलेजका संचालक तुफान केसीले भन्नुभयो ।
कलेजले डिप्लोमा इन होटल म्यानेजमेन्ट, डिप्लोमा फर प्रोफेशनल कुकरी अध्यापन गराइनुका साथै छोटो अवधिममा जापानिज सुसी, इन्डियन कुक, चाइनिज कुक, थाइ कुक, एशिएन कुक, हाउसकिपीङ लगायतका सिपहरु सिकाउने गरेको संचालक केसीले बताउनुभयाे ।

के हो जापानिज सुसी भनेको ?
संसारभरि नै स्वस्थ खानाको रुपमा जापानी खाना चर्चित छ । जापानी परिकार भन्नेबित्तिकै धेरैले सुसी सम्झन्छन् । सुसी जापानको खास परिकार हो । अहिले विश्वकै मेनुमा यो समेट्न थालिएको छ । सुसी सेतो वा खैरो चामलसंग तयार पारिन्छ । धेरै जसो काँचो समुद्री खानासँग बनाइने सुसीमा पकाइएका खाद्य सामग्रीहरू पनि हुने गर्छन् भने धेरै शाकाहारी परिकार हुने गर्छन् । सुसी अदुवा, वासाबी, सोय सस, मुलासँग पस्किने गरिन्छ । अधिकांस सुसी चिसो सर्ब गरिन्छ । यो खाना चपेष्टिकले खाने गरिन्छ ।

सुसीका धेरै प्रकारका हुन्छन्, नेपालमा भने भेज सुसी र माकी सुसी नै धेरैले मनपराउने गरेको भेटिन्छ । नेपालमा दर्जानौ जापानिज रेस्टुरेन्ट छन् । र नेपालमा पनि सुसी त्यति को नै प्रचलनमा छ जति जापानमा छ । तिनको मूल्य तिन सय रुपैयाँदेखि सात सय ५० रुपैयाँसम्म निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २०८१ असार २६ गते बुधवार
प्रतिक्रिया