भारत र जिम्बावेबीचको तेस्रो क्रिकेट खेल आज

काठमाण्डौ, २७ असार ।  भारत र घरेलु टोली जिम्बावेबीचको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । यो खेल बेलुका पौने ५ बजे जिम्बावेको हरारेमा शुरु हुनेछ । पाँच खेलको शृङ्खला अहिलेसम्म एकएकको बराबरीमा रहेको छ ।

पहिलो खेलमा जिम्बावे १३ रनले विजयी भएको थियो भने दोस्रो खेल भारतले एक सय रनले जितेको थियो । अब चौथो खेल आउँदो शनिवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ ।।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार
प्रतिक्रिया