रास्वपाले हटाएपछी मुकुल ढकालले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ, २६ असार ।  राष्ट्रिय स्वतन्त्र पार्टीबाट निलम्बित महामन्त्री डा. मुकुल ढकालले पत्रकार सम्मेलन गर्न लाग्नुभएको छ । आज बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेको उहाँले बताउनुभएको छ । ढकाललाई रास्वपाले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यसमेत नरहने गरी हिजो मङ्गलवार पार्टीको जिम्मेवारीबाट हटाएको थियो । केही समयअघि ढकालले सभापति लामिछानेलाई समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन बुझाउनुभएको थियो ।

प्रतिवेदनमा पार्टी सञ्चालन र सभापतिको कार्यशैलीप्रति कडा आलोचनासमेत गरिएको थियो । प्रतिवेदनमा लेखिएका कुरा पार्टीको नीति विपरीत सार्वजनिक गरेको लगायतको आरोपमा ढकाललाई केन्द्रीय समितिले पदबाट निलम्बन गरेको हो । यद्यपि पार्टीको निर्णयमा उहाँलाई ३५ दिनभित्र पुनरावलोकनका लागि समय दिइएको छ ।।

प्रकाशित मिति : २०८१ असार २६ गते बुधवार
प्रतिक्रिया