
कञ्चनपुर, २५ असार । बाढीमा परी मृत्यु भएका पुनर्वास नगरपालिकाका तीन किशोरीको सामुहिक दाहसंस्कार गरिएको छ । आज तीनै जनाको दोदा घाटमा सामुहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका–५ का वडा अध्यक्ष पदमबहादुर रोकायाले जानकारी दिनुभयो । हिजो दिउँसो पुनर्वास नगरपालिका–५ गाउँका १६ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सृजना बोगटी र १३ वर्षीया आरती बोगटीको रातोखालीमा डुबानमा परेर मृत्यु भएको थियो ।
दाहसंस्कारमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी पनि सहभागी हुनुहुन्थ्यो । उहाँले पीडित परिवारलाई भेटेर समवेदना प्रकट गर्दै पीडित परिवारलाई क्षतिपूर्तिस्वरुप प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।।
प्रकाशित मिति : २०८१ असार २६ गते मङ्गलवार