भमके खोलाबाट जेसीवी र टेक्टर नियन्त्रणमा

तुलसीपुर, ४ जेठ

जिल्ला प्रहरी कार्यालय दाङको विशेष प्रहरी टोलीले भमके खोलामा नदिजन्य बस्तु उत्खनन गरेको भन्दै जेसीवी र टे«क्टरलाई नियन्त्रणमा लिएको छ । अबैध रुपमा भमकेखोलामा ग्राबेल उत्खनन गरिरहेको समयमा ना१ख ५८६४ नम्बरको जेसीवी र लु२त ३५३४ नम्बरको टे«क्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । नियन्त्रणमा लिएका जेसीवी र टे«क्टर इलाका प्रहरीकार्यालय तुलसीपुरमा राखीएको प्रहरी उपरिक्षक दुर्गासिंह चन्दले जानकारी दिनुभयो । गाडीधनीले विकास निर्माणको काममा प्रयोग गरेको बताए पनि संकास्पद भएकाले थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । कुनै पनि विकास निर्माणको काम गर्ने क्रममा नदिजन्य वस्तुको उत्खनन गर्नु परेमा जिल्ला समन्वय समिति र प्रहरीलाई जानकारी दिुनपर्ने प्रहरी उपरिक्षक सिंहले बताउनुभयो ।

प्रकाशित मिति : २०७५ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया