केपि ओलीको स्वास्थ्मा समस्या देखिएपछि बैठक स्थगित

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपि शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बैठक स्थगित भएको छ । केन्द्रीय सचिवालयको बैठक आज दिउँसो १ बजेका लागि बोलाएको थियो ।

अध्यक्षको स्वास्थ्यमा समस्या देखिएपछि भोली बिहान ११.०० बैठक बस्ने गरि स्थगित गरिएको एमाले प्रचार विभाग सदस्य गगन विष्टले जानकारी दिनुभयो । एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।

प्रकाशित मिति : २०८१ असार २६ गते मङ्गलवार
प्रतिक्रिया