तुलसीपुर,४ जेठ ।
संघीय ईकाई प्रहरी कार्यालय तुलसीपुर, दाङका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक दिलिप चौधरीले समाजमा शान्ति कायम राख्न प्रहरीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । रोटरी क्लब अफ तुलसीपुर सिटिले आयोजना गरेको कार्यक्रममा चौधरीले समाजमा हुने विभिन्न खाले अपराधहरुको कसरी रोकथाम र नियन्त्रण गर्ने, नागरिक र प्रहरीको सम्वन्ध कसरी प्रगाढ गराउने भन्ने सवालमा प्रहरी सधै चनाखो भएर बस्नुपर्ने बताए ।
एक अर्को प्रसंगमा चौधरीले दाङमा सबैभन्दा ठूलो समस्याको रुपमा सवारी दुर्घटना र आत्महत्या गर्नेहरुको संख्या बढी रहेकोले त्यसको न्युनिकरणको लागि रोटरी क्लबलाई जनचेतनामुलक कार्यक्रम संचालन गर्नको लागि पनि आग्रह गरे ।
चौधरीलाई क्लबका पूर्व अध्यक्ष बिमल रिजालले खादा ओढाएर सम्मान एवम् स्वागत गरेका थिए भने पूर्व अध्यक्ष बिजय केसीले क्लबले स्थापना कालदेखि हालसम्म गरेका बिभिन्न सामाजिक गतिबिधीहरुको बारेमा जानकारी गराएका थिए । रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष तुफानवावु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष बिनिल केसीले रोटरी क्लवका काम कतव्र्य र अधिकारका वारेमा अवगत गराएका थिए ।
पूर्व अध्यक्ष कुशल तर्तालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव सन्दिपन रिजालले गरेका थिए ।।