तुलसीपुरमा ट्राफिक नियम पालना नगर्नेको संख्या बढ्दै

लक्ष्मण विश्वकर्मा,तुलसीपुर , ४ जेठ ।
तुलसीपुर क्षेत्रमा ट्राफिक नियम विपरीत सवारी चलाउनेको संख्या बढ्दै गएको पाइएको छ । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार प्रत्येक आर्थिक वर्षमा ट्राफिक नियम पालना नगरी कारवाहिमा पर्नेको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष ०७२÷०७३ मा बस,ट्रक,जिपकार,टेक्टर र मोटरसाईकल गरी ८ हजार १ सय ५१ वटा सवारी कारवाहिमा परेका थिए ।
जसबाट २३ लाख ६३ हजार १ सय रुपैया राजस्व संकलन भएको कार्यालयले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७३÷०७४ मा ८ हजार ४ सय १६ वटा सवारी कारवाहिमा परेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख विवेक महराले जानकारी दिएका छन् ।

ती सवारी कारवाहिबाट ४७ लाख ३८ हजार ५ सय रुपैया राजस्व संकलन भएको छ ।यस्तै चालु आर्थिक वर्षको वितेको दश महिनाको अवधिमा ७ हजार ६ सय ९२ वटा सवारीलाई कारवाहि गरीएको छ । चालु आर्थिक वर्षमा सवारी कारवाहि हुनेमा अटो रिक्सा र टेम्पो पनि रहेका छन् ।उनीहरुबाट ४३ लाख २३ हजार ५ सय रुपैया राजश्व संकलन भएको कार्यालय प्रमुख महराले बताएका छन् ।

सवै भन्दा वढि सवारी कारवाहि हुनेमा मोटरसाईकल रहेको छ भने अटो टेम्पो रहेको छ । वितेको झन्डै तिन वर्षमा १० हजार ९ सय २१ वटा मोटरसाईकल ट्राफिक प्रहरी कारवाहिमा परेका छन् । यस्तै अन्य सवारी कारवाहि हुनेको संख्यामा बस २ हजार ६ सय ३ , ट्रक १ हजार ६ सय २३, टेक्टर ४ हजार ६ सय १६ , जिककार ४ हजार ६ सय ५३ र अटो टेम्पो १ सय ८३ वटा रहेका छन् ।

साना तथा ठुला जुनसुकै सवारी साधनहरु ट्राफिक नियम पालना नगरी सवारी चलाउदा कारवाहि गरीएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । सवारी चलाउदा चालकको अनिवार्य लाईसेन्स हुनुपर्ने, सवारी साधनको कागजपत्र साथमा राख्नुपर्ने , मापसे गरी सवारी साधन चलाउन नहुने ,क्षमता भन्दा वढि यात्रु वा ढुवानी समान राख्न नहुने जस्ता कुराहरुमा ध्यान दिनुपर्ने प्रहरीको भनाई छ ।।

प्रकाशित मिति : २०७५ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया