छरिएर रहेका पुँजीलाई एकीकृत गर्ने अभियानमा ग्रीन फाउण्डेशन

तुलसीपुर, २१ असार । छरिएर रहेका पुँजीलाई एकीकृत गर्ने अभियान ग्रीन फाउण्डेशन नेपालले सुरु गर्ने भएको छ । नागरिक स्तरदेखि नै यो अभियान सुरु गर्ने लक्ष्यका साथ फाउण्डेशनले छलफल सुरु गरेको छ । जलवायु परिवर्तनलाई न्युनिकरण गर्नका लागि हरित उद्यमशीलताको आवश्यकता रहेको पहिचान गरेर यसमा लगानी गर्ने योजनाका साथ सामुहिक लगानीको प्रयास थाल्ने ग्रीन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेले बताउनु भयो ।

रिण लिएर नभइ कमाएर खर्च गरेर बचेको पैसाको सदुपयोग गर्नका लागि हरित उद्यमशीलताको अभियान ल्याएको बताउनु भयो । रातारात सरकार परिवर्तन भैरहेको नेपालको वर्तमान राजनितिक अवस्थालाई स्मरण गर्दै उहाँले राज्यको बाटो हेरेर बसेपछि हामी कहिल्यै पनि अगाडी बढ्न नसक्ने बताउनु भयो । ‘देश, समाज, हामी सवृद्धितर्फ उन्मुख हुनका लागि हामीसँग सबै भन्दा फराकिलो सरकार भएपनि चाहे अनुसारको परिणाम दिन सकेको छैन’, उहाँले भन्नुभयो । दोस्रोमा निजी क्षेत्र रहेको भन्दै पाण्डेले निजी क्षेत्र पनि आफै कसरी बाँच्ने भन्ने समस्या रहेको बताउनु भयो । यस्तै तेस्रोमा सहकारी क्षेत्र रहेको बताउँदै उहाँँले सबैले सहकार्य गरेमा असफल भन्ने सम्भव नरहेको भन्दै हामीले नगरे कस्ले गर्ने अहिले नगरे कहिले गर्ने भन्ने सोचका साथ यो अभियानको थालनी गर्नु पर्ने बताउनु भयो । यो अभियानले भविष्य सुरक्षित हुने र रोजगारीको समेत सिर्जना गर्न सकिने बताउनु भयो ।

यस्तै वर्तमान अर्थतन्त्रलाई सुधार गर्न निजि क्षेत्रसँगको सहकार्य अनिवार्य रहेको पाण्डेको भनाई छ । ‘एक्लैले लगानी गर्न सकिने अवस्था नरहेको भन्दै राज्यको बाटो पर्खिने हो भने राजस्व उठाएको रकमले कर्मचारीलाई तलव दिन नसक्ने अवस्था रहेको भन्दै उद्योग खोलिदेला र रोजगारी पाऔँला, अगाडि बढौँला भन्ने नसोचे भयो’ उहाँले भन्नुभयो– ‘त्यसैले हामी सबै सहकार्य नयाँ ढङगले उद्यमशीलता गर्नु पर्ने हुन्छ ।’ उहाँले निजी क्षेत्रसँग सहकार्य गर्नु पर्ने आवश्यक रहेको पनि बताउनु भयो । यस्तै कार्यक्रममा सहकारी संघ लुम्बिनी प्रदेशका सचिव रुप बहादुर खत्रीले हरित उद्यमको लगानी बेरोजगारीलाई रोजगारीमा जोड्नका लागि कोसेढुङगा सावित हुर्ने बताउनुभयो । उहाँले नागरिक स्तरमा धेरै पैसा रहेको भन्दै लगानी लगाए कतै डुव्छ कि भन्ने डर रहेकाले लगानी लगाउन नचाहेको बताउनु भयो ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले हरित उद्यमशीलता लगानीसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँँले यस हरित उद्यमशीलताका लागि पहिलो प्राथमिकता दाङलाई दिनुपर्ने बताउनु भयो । ‘हरित उद्यममा लगानी लगाउतका लागि नेपालमा धेरै सम्भावनाहरु रहेको भन्दै यसलाई सही समयमा सदुपयोग गर्न नसकेमा सबै नेपालका युवा विदेशिनु पर्ने बाध्यता आउन सक्छ र त्यसको जिम्मेवार पनि हामी नै हुन्छौँ ।’ उहाँले भन्नु भयो । तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख धनराज गौतमले तल्लो तहबाट सबैलाई समेटेर लगेमा उद्यमशीलतामा सबै नागरिक जोडिने बताउनु भयो ।
हरित उद्यमशीलता लगानी संवाद कार्यक्रमको आयोजना गरेर पहिलो चरणमा आज दाङको तुलसीपुरमा विभिन्न सरोकारवालाहरुसँग संवाद मार्फत सुझाव समेत संकलन गरिएको हो । कार्यक्रममा ग्रीन फाउण्डेशन दाङका अध्यक्ष विष्णु केसी, राप्ती लाइफ केयर हस्टिल तुलसीपुरका हरि रिजाल, राप्ती बबई क्याम्पसका पूर्व प्रमुख युवराज रावत, तुलसीपुर ५ का सन्तोष खड्का लगायतले आ आफ्नो धारण राख्नु भएको थियो । ग्रीन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेको अध्यक्षतामा भएको संवाद कार्यक्रमको सजीकरण सुरेश रावतले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०८१ असार २२ गते शुक्रवार
प्रतिक्रिया