रुकुममा वडा अध्यक्षले इन्जिनियरलाई कुटे

रुकुम, जेठ ४ ।

रकम भुक्तानिको विषयमा कुरा नमिल्दा आठबीसकोट नगर पालिकाका एक वडाअध्यक्षले इन्जिनियरलाई कुटपिट गरेका छन् । विहिबार नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मानबहादुर चदाराले वडामा कार्यरत इन्जिनियर ठगेन्द्र चन्दलाई कुटपिट गरेका हुन् ।

रकम भुक्तानिको लागि पेश गरेको फाइलमा छिटो काम नगरिदिएको भन्दै आफूलाई कुटपिट गरेको इन्जिनियर चन्दले बताउनुभयो । वडामा भएको रेडियो नयाँ नेपालका लागि नगरपालिकाबाट छुट्याएको २५ लाख बजेट भुक्तानिको लागि वडा अध्यक्ष चदाराले फाइल पेश गरेका थिए । ‘अनुगमन गरेर मात्र भुक्तानीको लागि सिफारीस गरौंला’ भन्ने इन्जिनियरको प्रतिक्रियामा वडाध्यक्षले कुटपिट गरेको चन्दले बताउनुभयो ।

नगर कार्यपालिकाको बैठक बसिरहेको बेला खाजाको समयमा वडा अध्यक्षले इन्जिनियरलाई कुटपिट गरेको नगर पालिकाका प्रवक्ता गंगाराम चदाराले जानकारी दिनुभयो ।

उज्यालो अनलाईन

प्रकाशित मिति : २०७५ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया