नेकपाका केन्द्रीय सदस्यद्धारा सामूहिक सपथ

दाङ,३ जेठ ।
एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यले बालुवाटारमा सामुहिक सपथ लिएका छन् । सबैले एकैसाथ सपथ लिएका हुन् । त्यसअघि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकाअर्कालाई सपथ गराएका थिए । यसैबीच बैठकले एमाले र माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति नयाँ पार्टीमा सार्ने निर्णय पनि गरेको छ ।

यस्तै एमाले र माओवादीको पार्टी एकताको खुसियालीमा बालुवाटारमा रात्रीभोज हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा नै रात्रीभोज आयोजना गरिएको छ । एमाले र माओवादीको केन्द्रीय कमिटीको संयुक्त बैठकमा नबगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई रात्रीभोजको निम्ता दिएका छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया