विमान दुर्घटना हुँदा किरण र आदित्यको मुत्यु

दाङ,२ जेठ ।
सुर्खेतको विमानस्थलबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एअरको विमान आज बिहान दुर्घटना हुँदा चालक दलका दुबै सदस्यको मृत्यु भएको छ ।उक्त कार्गाे जहाजमा रहेका चालक दलका सदस्यद्वय क्याप्टन किरण भट्टराई र आदित्य नेपाली दुबै मृत अवस्थामा फेला परेको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
विमान सुर्खेत विमानस्थलबाट आज विहान ६ः१२ बजे सिमिकोट विमानस्थलका लागि उडेपछि सम्पर्र्क्विहीन भएको थियो ।विमान हुम्लाको खार्पुनाथ गाउँपालिकामा सिमिकोट पास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । विमान दुर्घटना हुँदा ज्यान गुमाएका चालकदलका दुईजना सदस्यको शव सुर्खेत पुर्याइएको छ । मृतकको घर ललितपुर भएकाले उनीहरुलाई काठमाडौ लैजाने तयारी भईरहेको बताइएको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया