तुलसीपुर , २ जेठ ।
दाङमा ट्रक र मोटरसाईकल एक आपसमा ठोकिदा दुई जनाको ज्यान गएको छ । घोराही लमही सडक खण्डको लमही नगरपालिका ६ कुलमोड नजिकै घोराहीबाट लमही तर्फ जाँदै गरेको लु १ ख ५६३२ नम्बरको ट्रक र लमहीबाट घोराही आउदै गरेको लु ३० प ९७२८ नम्बरको मोटरसाईकल गए राती साढे ११ बजे तिर एक आपसमा ठोकिएको लमही प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि मोटरसाईकल चालक घोराही उपमहानगरपालिका १२ हापुर निबासी २८ बर्षिय भीमबहादुर पुन र सवार रोल्पा नगरपालिका ९ बस्ने ४० बर्षिय बुद्धीबल घर्तीको ज्यान गएको प्रहरीको भनाई छ । दुर्घटनामा परि गम्भिर घाईते दुबैलाई उपचारका लागि लमही अस्पताल लैजाने क्रममा बाटो मै ज्यान गएको हो ।ट्रक र मोटरसाईकल दुबै तिब्र गतिमा रहेको र घुम्तीमा दुर्घटना भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार ट्रक र चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रण लिएको छ ।।
दाङमा ट्रक र मोटरसाईकल ठोकिदा दुई जनाको ज्यान गयो
प्रकाशित मिति : २०७५ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया