तुलसीपुर,२ जेठ ।
पश्चिम ववई गाउपलीका वडा नम्बर १ भाङग्रावारी निवासि भिम बहाुर बस्नेतको घर भत्कीदा उनको परीवार विचल्लीमा परेको छ । ३० गते राती आएको हावाहुरीले घर भत्कीदा उनको परीवार अहिले विचल्लीमा परेको छ । आर्थिक अवस्था कमजोर छ, घर भत्कीयो दुख माथि झन दुख थपीयो उनि भक्कानिए ।
बस्ने घर संगै अन्नपात कामै नलाग्ने गरी पुरीयो अव के खाने के लाउने उनले भने । प्रहरीका अनुसार ५ लाख बरारको क्षती भएको छ । घरभित्र झोलामा राखिएको ८० हजार मकै,गहु ,तोरी धान, लत्ताकपडा दई वटा सोलारको पाता लगायतमा क्षती भएको पिडित बस्नेतले जानकारी दिएका छन ।
जसो तसो घर निर्माण गरेको घर भत्कीएपछि बस्ने घर कसरी बनाउने भन्ने बारे पिरलो रहेको उनि बताउछन । अहिले उनि सहयोगका लागि विभिन्न निकायमा पुगेका छन । उनको घरमा श्रीमती एक छोरा र दुई छोरी रहेका छन । विद्यालय जाने छोराछोरीको विद्यालय ,किताव कापि सबै पुरीएपछि उनिहरुको पढाई समेत प्रभावित भएको छ ।