गुन्डा नाइके विकास पुनलाई पाँच बर्षको जेल सजाय

दाङ,१ जेठ । दाङका गुन्डा नाइके विकास पुनलाई पाँच बर्ष जेल सजाए गर्ने दाङ जिल्ला अदालतको फैसलालाई उच्च अदालत तुलसीपुरले सदर गरेको छ ।२०७० चैत ५ गते घोराहीको नयाँबजारमा पदम चन्दलाई गोली हानेको घटनामा प्रहरीले उनि बिरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्धा चलाएको थियो । सोही अभियोगमा उनलाई दोषी ठहर गर्दै दाङ देऊखुरी जिल्ला अदालतका न्यायाधिस चुरामन खड्काको इजलाशले २०७३ फागुन २९ गते ५ बर्ष जेल सजाए सुनाएको थियो ।

पुन जिल्ला अदालतको फैसला विरुद्ध उच्च अदालत तुलसीपुरमा पुनरावेदन गरेका थिए । बैशाख ३१ गते उच्च अदालत तुलसीपुरका न्यायाधिसद्धय महेश शर्मा पौडेल र शुदर्शनदेव भट्टको संयुक्त इजलासले जिल्ला अदालतकै फैसलालाई सदर गरेको उच्च अदालत तुलसीपुरका प्रवक्ता रुद्रमनी गिरीले जानकारी दिनुभयो । पदम चन्दलाई गोली हानी फरार भएका विकासले २०७२ साल मंसिर ४ गते सहयोगी त्रिशक्तिलाई साथमा लिएर जिल्ला प्रहरीमा आत्मसमर्पन गरेका थिए । त्यतिबेला अदालतले क्रिशक्तिलाई पूर्वपक्षकालागी कारागार चलान गरेको थियो भने विकासलाई धरौटीमा छोडेको थियो । त्रिशक्ति अहिले जेलमै छन् । विकास भने उच्च अदालतको फैसलापछी फरार छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया