तुलसीपुरको अधिकांस क्षेत्रबाट नियमित फोहोर उठ्न छाड्यो

लक्ष्मण विश्वकर्मा, तुलसीपुर,१ जेठ ।
तुलसीपुरको अधिकांस क्षेत्रबाट अहिले नियमित रुपमा फोहोर उठ्न छाडेको धेरै समय भएको छ । तुलसीपुर क्षेत्रबाट उत्पादन हुने फोहोरलाई व्यवस्थापन गरीरहेको तुलसीपुर उपमहानगरपालिकाले पछिल्नो समयमा नियमित रुपमा फोहोर उठाउन सकिरहेको छैन ।दैनिक फोहोर उठ्न छाडेपछि नगरवासीले धेरै दिन सम्म फोहोर घरमै थुपारेर राख्नुपरेको गुनासो गर्न थालेका छन् ।तुलसीपुरको मुख्य बजार क्षेत्र बाहेक अन्य टोल तथा बस्तीहरुमा नियमित रुपमा फोहोर उठ्न सकेको छैन ।

उपमहानगरले नयाँबसपार्क देखी उत्तरतर्फ आलुमन्डि, प्रगतिशिल टोल, स्वर्गद्धारी टोल,विशाल नगर टोल लगाएत त्यस क्षेत्रमा हप्ताको दुई पटक फोहोर उठाउने गरेता पनि अहिले दुई हप्ताको एक पटक मात्र फोहोर उठाउने गरेको स्थानिय टोलवासीहरुको भनाई छ । पछिल्नो समयमा नियमित रुपमा फोहोर उठ्न छाडेको उनीहरुको गुनासो छ ।
यता तुलसीपुर उपमहानगरपालिकाले श्रोतसाधनको अभाव भएको बताएको छ ।

उपमहानगरपालिकामा फोहोर व्यवस्थापनका लागी तिन वटा गाडी भएपनि हाल घोराही रोडमा धुलो नियन्त्रणका लागी दैनिक एउटा टेक्टरले पानी हाल्नु पर्ने भएकाले दुई वटा गाडीलाई फोहोर व्यवस्थापन गर्न समस्या भएको कार्यालयका बाताबरण तथा सरसफाई शाखाका नासु खेमकान्त पाण्डेले बताएका छन् । उनका अनुसार तुलसीपुर बजारमा जति पनि फोहोर उत्पादन हुन्छ त्यसलाई व्यवस्थित गर्नका लागी दुई वटा ट्याक्टर र एउटा कमप्याक्टर भएपनि अहिले एउटा टेक्टर नहुदा यस्तो समस्या हुने गरेको छ ।

फोहोर सवै ठाँउबाट उठाउने गरेपनि नियमित रुपमा फोहोर उठाउन नसकीएको उनले स्वीकार गरेका छन् । जस्तै एक हप्तामा उठाउने फोहोर दश दिनमा, दश दिनमा उठाउने फोहार १२÷१५ दिनमा यसरी फोहोर उठाउदै आएको उनले बताएका छन् । तुलसीपुर बजार क्षेत्र हुदै विजौरी र दुधराज सम्मको फोहोर उठाउने गरे पनि हाल नियमित हुन नसकेको उनको भनाई छ । उनका अनुसार तुलसीपुर क्षेत्रमा दैनिक २० देखी २२ टन सम्म फोहोर उत्पादन भएपनि आफुहरुले अहिले दैनिक १४ देखी १५ टन सम्मको फोहोर व्यवस्थापन हुने गरेको छ ।
तुलसीपुरको हात्तिखौवा देखी तुलसीपुर बजार सम्मका बासीन्दाले धुलो नियन्त्रणका लागी दैनिक पानी हाल्नुपर्ने माग गरेपछि फोहोर उठाउने एउटा टेक्टरलाई विगत तिन महिनादेखी धुलो नियन्त्रणका लागी प्रयोग गरीएको छ । कार्यालयमा एउटा कमप्याक्टर ल्याउने कुरा भएको तर आईनसकेको बताउदै यो समस्या बारेमा नगर प्रमुख घनश्याम पाण्डेलाई पनि जानकारी गराएको उनले बताएका छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया