चोरी मुद्धाका फरार व्यक्ति पक्राउ

तुलसीपुर,३१ बैशाख ।
चोरी मुद्धामा फरार एक ब्यक्ती लाई दाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका वडा नं.५ सुनखोली बस्ने बर्ष ३४ का कमल अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चोरी मुद्दामा सम्मानित अदालतले २०६३ साल भाद्र १२ गतेको फैसला अनुसार ३ महिना १३ दिन कैद सजाय भुत्तान गर्न बाँकी रहेका अधिकारीलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिएकि छिन । उनलाई कैद सजाय भुत्तानको लागि आज दाङ देउखुरी जिल्ला अदालत घोराही दाङमा पठाईएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया