
काठमाण्डौ, २९ जेठ । लाइट स्टोनमा लगानी गर्ने भन्दै १० लाख रुपैयाँ सङ्कलन गरेर भागेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिकाका अम्मरबहादुर तामाङ, नुवाकोटको शिवपुरि गाउँपालिकाका दिलबहादुर दमाई र नुवाकोटकै दुप्चेश्वर नगरपालिकाका सुनिल तामाङ रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
अम्मरबहादुरले फोन गरी मसँग लाइट स्टोन छ, लगानी गरेमा फाइदा हुन्छ भनी प्रलोभन देखाएर दोलखा घर भएका भीमबहादुर कार्कीलगायतको १० लाख रुपैयाँ उठाएपछि भागेका थिए ।।
प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार