अबदेखी छोराछोरीले आफ्नो १० प्रतिशत कमाई आमाबुबालाई छुट्याउनुपर्ने

काठमाडौं, २९ जेठ ।  सन्तानले आफ्नो आम्दानीको १० प्रतिशत रकम अभिभावकका लागि छुट्याउनुपर्ने व्यवस्थासहित सरकारले ज्येष्ठ नागरिक नियमावली पहिलो संसोधन २०८१ ल्याएको छ । यो नियमावली केही दिनअघि मात्रै मन्त्रिपरिषद्बाट पारित भएको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार यो नियमावली कार्यान्वयनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सरोकारवाला मन्त्रालय अनि निकायसँग छलफलको तयारी भइरहेको छ ।

संरक्षण र स्याहारका लागि कोही नभएका जेष्ठ नागरिकको जिम्मा भने सरकारले लिनका लागि पनि बाटो खुला भएको मन्त्री चौधरीले बताउनुभयो । सरकारले सबै स्थानीय तहमा जेष्ठ नागरिक सेवा केन्द्र खोल्ने तयारी गरे पनि अहिले सयभन्दा धेरै सङ्ख्यामा मात्रै यस्ता सेवा केन्द्र सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया