दंगीशरणको प्र्रसड्डुवा स्कुलमा अक्षरलेखन कार्यशाला सुरु

तुलसीपुर, २८ जेठ ।  दाङको दंगीशरण गाउपालिका–६ मा रहेको भानु मावि प्र्रसड्डुवामा अक्षरलेखन कार्यशाला सुरु भएको छ । दंगीशरण गाउँपालिकाको आयोजना तथा भानु मावि प्रसड्डुवाको व्यवस्थापनमा दुईदिने कार्यशाला २०८१ आजबाट सुरु भएको दंगीशरण ६ का वडाअध्यक्ष रोशनजंग शाहले जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई अक्षेर लेख्न सिकाउने उदेश्यले यस्तो कार्यशालाको आयोजना गरिएको उहाँले बताउनुभयो । आजदेखी सुरु भएको कार्यशाला भोलीसम्म चल्ने उहाँले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा अध्यनरत ४ कक्षा देखी १० कक्षासम्मका १ सय ९२ जना विद्यार्थी अक्षेरलेखन कार्यशालामा सहभागी भएका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया