वन जोगाउनुपर्नेमा जोड

तुलसीपुर, २८ जेठ ।  वनलाई संरक्षण गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । सामुदायीक वन उपभोक्ता महासंघ नेपाल, स्थानिय महासंघ शान्तिनगरको आयोजना तथा शान्तिनगर गाउँपालिकाको सहयोगमा आज भएको सामुदायीक वन समुहहरुका सवाल तथा चुनौती र समाधान विषयक अन्र्तकृया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा सामुदायीक वन समुहका पदाधिकारीहरुले बाढी, पहिरो, डढेलो लगाएतका प्रकोपले गर्दा वनमा क्षेती भइरहेको भन्दै यसतर्फ ध्यान दिन आवश्यक रहेको बताएका छन् । डढेलो नियन्त्रणका लागी स्थानिय सरकारले दमकल खरिद गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । यस्तै वनमा वनमाराले ढाक्न थालेको भन्दै त्यसलाई हटाएर डालेघाँस रोप्ने योजना बनाएपनि वनले त्यासो गर्न नदिएको उनीहरुले गुनासो गरेका छन् । यसका लागी सम्बन्धित सबैले समन्वय गरी व्यवस्थापन गनुपर्ने उनीहरुको भनाई छ ।

यता कार्यक्रमका विशिष्ट अथिति वन महासंघ नेपाल, लुम्बिनी प्रदेशका महासचिव सोभाकर सापकोटाले वनमाराले सताएको कुरा सत्य रहेको भन्दै यसको व्यवस्थापनका लागी पहल गर्ने बताउनुभयो । विधान र कार्ययोजना अनुसार काम गर्नुपर्ने भन्दै काम गर्दा कुनै समस्या आए वन महासंघले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आगामी फागुन भित्र प्यान नम्बर अनिवार्य लिन पनि उहाँले सामुदायीक वन समुहहरुलाई आग्रह गर्नुभएको छ । यस्तै सामुदायीक वन महासंघका केन्द्रिय निवर्तमान उपाध्यक्ष भिम प्रकाश खड्काले शुसासनयुक्त तरिकाले काम गर्न आग्रह गर्नुभयो । इमान्दर तरिकाले काम नगरे वन मुद्धा खेप्नुका साथै अख्तियारले समेत समाउने हुदा सचेत भएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यस्तै कार्यक्रमका प्रमुख अथिति शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले स्थानिय सरकार भन्दा धनि सामुदायीक वनहरु रहेको बताउनुभएको छ । तर, तिनै वन समुहका पदाधिकारीहरु कार्यक्रममा उपस्थित नहुदा समस्या भएको उहाँले बताउनुभयो । एउटा वडालाई ५० लाखका दरले बजेट आउने गरेको भएपनि एउटै सामुदायीक वनसँग एक करोड भन्दा धेरै रकम रहेको आफुले पत्ता लाएको उहाँको भनाई छ । तर, ती वनसमुुहहरुले स्थानिय सरकारले मात्रै विकास गर्नुपर्छ भन्ने बुझाई राखेको उहाँले बताउनुभयो । वन समुहले केही रकम छुट्याएको अवस्थामा आफुले पनि त्यती नै बजेट छुट्याएर सहकार्यमा काम गर्न सकिने उहाँले बताउनुभयो । वन डढेलो नियन्त्रणका लागी दमकलको आवश्यकता रहेपनि बजेट अभावले खरिद गर्न नसकिएको बताउनुभयो । एउटै पालिकाले दमकल खरिद गर्दा आर्थीक भार पर्ने भन्दै उहाँले पश्चिम क्षेत्रका ४ वटा पालिका मिलेर एउटा दमकल खरिद गरी बिच भागमा रहेको शान्तिनगरका राख्ने हो भने आवश्यकता अनुसार बसैले प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । सामुदायीक वन महासंघ नेपाल, स्थानिय महासंघ शान्तिनगरका अध्यक्ष भिम खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासंघ दाङ जिल्ला सदस्य भुप बहादुर केसीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया