दाङमा सर्पदंशबाट एक शिशुको ज्यान गयो

तुलसीपुर , ३१ बैशाख ।
दाङमा सर्पको टोकाईबाट एक शिशुको ज्यान गएकोे छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. २ निवासी लक्ष्मी केसीको १८ महिनाकी छोरी एञ्जल केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
आईतवार साँझ आफनै घरको आँगनमा खेलिरहेको अवस्थामा एञ्जललाई विषालु सर्पले डसेको हो ।

सर्प दंशबाट घाईते भएकी उनलाई उपचारका लागि राप्ती अन्चल अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि प्रकास सापकोटाले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : २०७५ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया