टी–२० विश्वकपमा श्रीलङ्काको लगातार दोस्रो हार

काठमाडौं, २६ जेठ ।  टी–२० विश्वकप क्रिकेटमा बङग्लादेशले श्रीलङ्कालाई दुई विकेटले हराएको छ । श्रीलङ्काले जितका लागि दिएको एक सय २५ रनको लक्ष्य पछ्याएको बङग्लादेश १९ ओभरमा ८ विकेट गुमाउँदै भेटाएको हो । डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय २४ रन बनाएको थियो ।

समूह ‘डी’ मा श्रीलङ्काको यो लगातार दोस्रो हार हो । श्रीलङका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो । यही समूहमा रहेको नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । अब नेपालले श्रीलङ्कासँग बुधवार बिहान अमेरिकाको फ्लोरिडामा खेल्नेछ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ २६ गते शनिवार
प्रतिक्रिया