लक्ष्य भन्दा बढि राजश्व संकलन

तुलसीपुर,३१ बैशाख ।
आन्तरीक राजश्व कार्यालय राप्ती दाङले चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्य भन्दा बढि राजस्व संकलन गर्न सफल भएको छ । कार्यालयका कर अधिकृत भागिराम केसीका अनुसार चालु आर्थिक वर्षको चैत सम्ममा लक्ष्य भन्दा ३१ हजार एक सय ९४ बढि राजस्व संकलन गर्न सफल भएको हो ।

उनका अनुसार चैत महिना सम्म ११ लाख ९९ हजार ४ सय ८३ रुपैंया राजश्व संकलन गर्न सफल भएको हो । व्यावसायीहरुले कारोवार पारदर्शी बनाउँनु, ईमान्दारी पूर्बक कर तिर्नु, नियमित अनुगमन हुनु ,कर दाता शिक्षा कार्यक्रम सञ्चालन गर्नु जस्ता कारणले गर्दा कर संकलनमा बृद्धि भएको उनले बताए ।

उनका अनुसार चालुआर्थिक बर्षको नौ महिनामा आयकर तर्फ ५ लाख ८ हजार ४ सय १८ , बहाल कर तर्फ ६ लाख ५ हजार १ सय ६५, शिक्षा सेवा शुल्क तर्फ ९ हजार ९५, स्वास्थ्य सेवातर्फ ५ हजार २ सय १३ , व्याज कर तर्फ २ लाख ७ हजार , मुल्य अभिवृदी कर तर्फ ३ लाख ७५ हजार ६ सय ४५ , अन्तःशुल्कतर्फ २ लाख १५ हजार २ सय ४३ राजश्व संकलन हुन सफल भएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया