पत्रकार महासङ्घको चुनाव स्थगित

काठमाण्डौ, २६ जेठ ।  नेपाल पत्रकार महासङ्घको आज हुने भनिएको चुनाव स्थगित भएको छ । महासङ्घका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ति निकालेर आजको लागि तोकिएको चुनाव स्थगित भएको जानकारी दिनुभएको हो । मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास भइरहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष पोखरेलले निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर जानकारी गराउन समेत आग्रह गर्नुभएको छ । महासङ्घको शुद्धीकरण समितिले छानबिन गरी तयार गरेको नामावलीमा विवाद उत्पन्न भएपछि चुनाव अन्योलमा परेको हो ।।

प्रकाशित मिति : २०८१ जेष्ठ २६ गते शनिवार
प्रतिक्रिया