तुलसीपुर,३१ बैशख ।
दाङका स्थानीय तहमा कर्मचारीको अभाव देखिएको छ । जिल्लाभरका स्थानीय तहका ३० वटा वडा सचिव विहीन अवस्थामा रहेका छन् । कतिपय स्थानमा एक जना सचिवले दुई व वडा हेर्दै आएका छन् । जस्ले गर्दा स्थानीयवासीले सहजरुपमा वडाबाट सेवा पाउन सकेका छैनन् । वडावासीले सम्बन्धित वडाबाट हुने कामका लागि सचिव पर्खन पटकपटक कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ ।
एकजना सचिव भेटाउन करीब साता दिन धाउनुपर्ने र कामका लागि महिना दिनसम्म पनि लाग्ने गरेको स्थानयिवासीले गुनासो गरेका छन् । यसले गर्दा उनीहरुलाई परिवर्तनको प्रत्याभूतिको साटो झनै समस्या थापिएको महसुस भएको छ ।
स्थानीय तहमा कर्मचारीको अभावका कारण काम कार्वाही प्रभावकारी हुन सकेको छैन । जिल्लामा भएका केही कर्मचारीलाई व्यवस्थापन गरिए पनि जिल्लाका अधिकांश स्थानीय तहमा समस्या देखिएको जिल्ला समन्वय अधिकारी कृष्ण गौतमले बताएका छन ।
घोराही र तुलसीपुर उपमहानगरपालिका बाहेक जिल्लामा सबै स्थानीय तहमा कर्मचारी अभाव देखिएकोसमेत उहाँले बताउनुभयो । जिल्लाका बंगलाचुली, राजपुर, गढवा, बबई, दंगीशरण, शान्तिनगर गाउँपालिका लगायतका स्थानीय तहमा कर्मचारीको अभाव रहेको बताइन्छ । देउखुरी राजपुर गाउँपालिकाका वडा नंं १, २ र ३ को काम एकै सचिव मेघसिंङ पछाइले हेर्दै आएका छन । साबिक बेला गाविस अन्तर्गत रहेका तीन वडाको सम्पूर्ण काम आफूले विगत असार महिनादेखि हेर्दै आएका छन ।
राजपुर गाउँपालिकामा ८ वडा रहेका छन् जसमा अहिले दुई जना मात्र सचिव रहेका छन् । वडा सचिव नभएका वडामा लेखापाल तथा प्राविधिकले वडाको काम गर्ने गरेको गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए ।